च्याम्पियन्स लिगको च्याम्पियन बन्यो रियल मड्रिड

च्याम्पियन्स लिगको च्याम्पियन बन्यो रियल मड्रिड

काठमाडौंः रियल मड्रिडले २०२१/२०२२ को यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। स्पेनिस क्लब मड्रिडले इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

योसँगै रियल मड्रिड १४औं पटक च्याम्पियन्स लिग जित्ने टोली बनेको छ।

ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले खेलको ५९औं मिनेटमा गरेको गोल नै रियलको जितमा निर्णायक साबित भयो।

यता रियलका करिम बेञ्जिमाले खेलको ४२औं मिनेटमा गोल फर्काए पनि त्यो अफसाइड साबित हुँदा रियलले एक गोल अन्तरले मात्र जित्न सक्यो।

१५ जेठ, २०७९, ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।