आज पनि संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

आज पनि संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौंः प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। आज बिहान ११ बजे संसद् बैठक बस्ने भएको हो।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनसमक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। गत जेठ १० गते राष्ट्रपतिले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

संविधानअनुसार भोलि जेठ १५ गते संघीय सरकारले संसद्मा बजेट पेश गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको छ।

१४ जेठ, २०७९, ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।