वडा नम्बर २७ र ८ मा पछि परे बालेन, ८ मा सिर्जना, २७ मा स्थापित अगाडि

वडा नम्बर २७ र ८ मा पछि परे बालेन, ८ मा सिर्जना, २७ मा स्थापित अगाडि

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका वडाहरूको मत गन्दा अगाडि लम्किरहेका स्वतन्त्र उम्मेदवार बालेन साह वडा नम्बर ८ र २७ को मत गणनामा भने पछि परेका छन्। काठमाडौँको भित्री बस्ती मानिने २७ मा एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिइरहेका छन्।

नेपाली कांग्रेसको गढ मानिने ८ वडामा काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन्। २७ नम्बर वडाको तीन सय मत गन्दा स्थापितको झन्डै ५० प्रतिशत १ सय ४५ मत आएको छ। साह दोस्रो स्थानमा रहेर ४३ मत पाए। सिंहले ४१ मत पाइन्।

२७ वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१ मत पाएका छन्। काठमाडौँको भित्री क्षेत्र मानिने वडा २७ मा ७ हजार ३ सय ७३ मत खसेको छ।

वडा नम्बर ८ को ६ सय मत गन्दा सिंहले १ सय ९५, स्थापित र साहले १५०/१५० मत ल्याएका छन्। वडा नम्बर ८ मा यस अगाडि कांग्रेसले जितेको थियो। यो वडामा ३ हजार सात सय ५४ मत खसेको छ।

पछिल्लो समय मत गन्न थालिएको २ वडामा साह दोस्रो नम्बरमा झरे पनि अहिलेसम्म गणना भएको मतमा भने उनले निकटतम प्रतिस्पर्धी देखिएका स्थापितभन्दा दोब्बर मतले अग्रता लिइरहेका छन्।

५ जेठ, २०७९, १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।