पूर्व डिआइजी रमेश खरेलको पार्टीले जित्यो पोखरिया नगरपालिकाको वडा अध्यक्ष

पूर्व डिआइजी रमेश खरेलको पार्टीले जित्यो पोखरिया नगरपालिकाको वडा अध्यक्ष

काठमाडौँ : नेपाल प्रहरीको डिआइजी पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका रमेश खरेलको पार्टीले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ। नेपाल सुशासन पार्टीका अध्यक्ष रहेका खरेलको पार्टीबाट उम्मेदवार बनेका नौशाद आलम पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्षमा विजयी भएका हुन्।

आलमले ८ सय ७७ मत ल्याएर नेपाली कांग्रेसका रामबाबु चौहानले पराजित गरेका हुन्। पोखरियामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको छ।

मेयरका उम्मेदवार शङ्कर राउतले १ हजार ३ सय १९ मत पाएका छन्। उपमेयरको उम्मेदवार वीणादेवीले ९ सय ८४ मत पाएकी छिन्। मेयरमा एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहान २ हजार ४ सय ८३ मतसहित अगाडि छन्। उकेरासँग कुरा गर्दै खरेलले अन्य वडामा पनि केही उम्मेदवारले जित्ने दाबी गरे। 

सुशासन  पार्टीबाट खरेल आफैँ मेयरमा उठ्ने तयारी गरेका थिए। तर पहिलो पटक भएकाले पार्टीको उम्मेदवारको प्रचारमा लाग्ने भन्दै उनले उम्मेदवारी दिएनन्।  काठमाडौँ महानगरपालिकाको उपमेयरमा पुष्पा खरेल उम्मेदवार बनेकी छिन्। मत परिणाम भने शन्तोषजनक छैन। उनले जम्मा २२ मत पाएकी छिन्।

३ जेठ, २०७९, १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।