कास्कीको अन्नपूर्णमा अध्यक्ष-उपाध्यक्ष दुवै एमालेका, कार्यकाल दोहोर्‍याउन चाहेका कुँवर पराजित

कास्कीको अन्नपूर्णमा अध्यक्ष-उपाध्यक्ष दुवै एमालेका, कार्यकाल दोहोर्‍याउन चाहेका कुँवर पराजित

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन्। उनले ६ हजार ७२२ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज कुँवरले ५ हजार ९५६ मत पाएका छन्। केसीले कुँवरलाई ७६३ मतान्तरले पराजित गरेका हुन्।

त्यसैगरी उपाध्यक्षमा एमालकी चन्द्रकला अधिकारी विजयी भएकी छिन्। उनले ६ हजार ६०८ मत प्राप्त गरी विजयी भइन्। प्रतिस्पर्धी कांग्रेसकी खिमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरेकी छिन्।

अन्नपूर्ण गाउँपालिका यसअघिको निर्वाचनमा कांग्रेसका युवराज कुँवर विजयी भएका थिए। तर, शुक्रबार सम्पन्न निर्वाचनमा भने कुँवर पराजित भए।

०७४ मा कास्कीका पाँच पालिकामध्ये कांग्रेसले अन्नपूर्ण गाउँपालिका मात्र जितेको थियो। पालिकामा २० हजार ३४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो।

३ जेठ, २०७९, ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।