प्रकाशमान र गगनकै वडामा बालेनको मत बढी

प्रकाशमान र गगनकै वडामा बालेनको मत बढी

काठमाडौँ : केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसका २ नेता प्रकाशमान सिंह अनि गगन थापाले जित्दै आएको क्षेत्रको वडाबाट समेत सिर्जना सिंहले भन्दा बालेन साहले बढी मत ल्याएका छन्।

महानगरपालिकाका ३२ वडामध्ये गणना भइरहेका वडामध्ये वडा ३१ प्रकाशमानको निर्वाचन क्षेत्र १ भित्रको वडा हो। एक र ६ गगन थापाको निर्वाचन क्षेत्र ४ को वडा हो। गगनको क्षेत्रमा पर्ने वडा नम्बर १ मा वडा अध्यक्ष एमालेले जित्यो। त्यहाँ सबैभन्दा धेरै मत बालेनको आयो। सिर्जनाले सो वडाबाट ४ सय ५१ मत पाउँदा बालेनले *७ सय ८३ मत पाए। सूर्यको वडा अध्यक्ष ६२२ मत ल्याएर विजयी हुँदा केशव स्थापितले ६७८ मत पाए।

कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले ५९८ मत मात्र पाएका थिए। वडा नम्बर ६ को प्रारम्भिक अग्रतामा पनि सिर्जना पछाडि नै छिन्। वडा ६ मा बालेन १२४, सिंह १०७ अनि स्थापितले सय मत पाएका छन्।

यसै गरी प्रकाशमानको निर्वाचन क्षेत्रको वडा नम्बर ३१ मा बालेनले ७५८ ल्याउँदा सिर्जनाले ४३१ मत मात्र पाइन्। सिर्जनाभन्दा स्थापितले बढी मत पाएका छन्। उनले ४५८ मत पाएका छन्।

सिंहको काठमाडौँ क्षेत्र नम्बर १ मा १०, ११, २९ र ३१ वडा पर्छन्। गगनको क्षेत्र नम्बर ४ मा १, ७, ८ र ३० वडा पर्छन्। अहिले महानगरका ८ वडामध्ये वडा एकको अन्तिम परिणामै आइसकेको छ। अहिले वडा २, ३,४,५,६ र ३१ र ३२ को मतगणना भइरहेको छ।

भर्खर आएको परिणाम अनुसार बालेनले ८०३७,  स्थापित ४२५९ र सिंहले ३७०३ मत आएको छ। बालेनले स्थापितलाई ३७७८ मतले जितिरहेका छन्।

*सच्याइएको

२ जेठ, २०७९, २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।