लोमान्थाङ मिश्रित परिणाम, मेयरमा कांग्रेस अगाडि, उपमेयरमा एमाले

लोमान्थाङ मिश्रित परिणाम, मेयरमा कांग्रेस अगाडि, उपमेयरमा एमाले

काठमाडौँ : लोमन्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका टासी गुरुङले ४०९ ल्याउँदा एमालेका ६सी न्हर्वु गुरुङले ३१८ मत ल्याएका छन्।

उपाध्यक्षमा भने एमालेको उम्मेदवार छयुमी विष्ट गुरुङ अगाडि छिन्। उनले ३७७ मत ल्याउँदा कांग्रेसका  छिरिङ ढोका गुरुङले ३४२ मत ल्याएकी छिन्।

पाँच वडामध्ये वडा १ मा कांग्रेसका पेमा आङग्या गुरुङ ९३ र एमाले ङिमा धिन्ढु गुरुङ ८३ मत ल्याएका छन् भने २ मा एमालेका कर्म नाम्ग्याल गुरुङ १३२ र कांग्रेसका ङवाङ खेटु गुरुङ ८७ मत ल्याएका छन्। अन्य वडाको मत परिणाम सार्वजनिक भएको छैन।

३१ बैशाख, २०७९, १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।