एजेन्सीः बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित ब्रह्मास्त्र चलचित्रले भारतीय फिल्महरूमा एउटा कीर्तिमान कायम गरेको छ। यो चलचित्र वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा सामेल भएको छ।
उकेरा कला
रणवीर-आलियाको ब्रह्मास्त्र: वाल्ट डिज्नीको ग्लोबल रिलिज क्यालेन्डरमा सामेल हुने पहिलो भारतीय फिल्म

यस्तो अवसर पाउने यो पहिलो भारतीय फिल्म हो। यसको अर्थ अब यो फिल्म आउँदो ९ सेप्टेम्बरमा विश्वभर रिलिज हुनेछ।
हलिउडको कुरा गर्दा यस क्यालेन्डरमा सामेल भएका फिल्महरू जेम्स क्यामरूनको 'अवतार: द वे अफ वाटर', 'थोर: लभ एण्ड थण्डर', 'ब्ल्याक प्यान्थर: वकाण्डा फरएभर' लगायत छन्। यी सबै फिल्मलाई डिज्नीले सन् २०२२ मा रिलिज गर्नेछ।
ब्रह्मास्त्रले यत्रो अवसर चाहिँ पायो कसरी?
यो फिल्मको निर्माण फक्स स्टार स्टुडियोले गरेको हो। यसको मालिक वाल्ट डिज्नी स्टुडियो मोशन पिक्चर्स र धर्मा प्रोडक्सन्स हो।
ब्रह्मास्त्रको निर्देशन अयान मुखर्जीले गरेका छन्। उनी यस फिल्मका को-राइटर पनि हुन्। फिल्मलाई भारतका पाँच भाषामा रिलिज गरिँदैछ।
२०७९ वैशाख २५ गते ८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।