काठमाडौँ : इलाका प्रहरी कार्यालय गैँडाकोटमा पल शाह विरुद्ध नाबालिगको तर्फबाट उनका आफन्तले दर्ता गरेको जाहेरीमा मदिरा पिलाएर बलात्कार गरेको दाबी गरिएको छ।
उकेरा न्युज
आइतबार दर्ता भएको जाहेरीमा २०७७ चैत ७ गते नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गैँडाकोट रिसोर्टमा एक दिन मात्रको लागि सुटिङका लागि लगेको उल्लेख गर्दै भोलिपल्ट पनि सुटिङ गर्ने भन्दै मादक पदार्थ खुलाएर बलात्कार गरिएको उल्लेख छ।
'सुटिङका लागी एक दिनमा सुटिङ नसकी भोलिपल्ट सुटिङ गर्ने भनी सुटिङका लागि तयार गर्न लगाई सुटिङ क्यान्सिल गरी पाँच दिनसम्म राखेर नाबालिग सुतेको कोठामा मादक पदार्थ ल्याई जवर्जस्ती खुवाएर पटक-पटक जवर्जस्ती करणी गरेको' जाहेरीमा उल्लेख छ।
जाहेरीमा माया प्रेमको झुटो नाटक गरेर बलात्कार गरेको भन्दै पललाई मुलुकी अपराध संहिता अनुसार कारबाही गर्न माग गरिएको छ।
२०७८ फागुन १५ गते १६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।