पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

काठमाडौं : बलात्कारको जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।

आइतबार आत्मसमर्पण गर्न काठमाडौंबाट तनहुँ जाँदाजाँदै उनलाई बाटैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी सामाजिक सञ्जाल फेसबुकमा लेखेर प्रहरीसमक्ष आत्मसमर्पण गर्न भन्दै काठमाडौंबाट तनहुँतिर लागेका थिए।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो। त्यसयता उनी फरार भएका थिए। उनलाई खोजे पनि प्रहरीले फेला पार्न सकेको थिए।

उनी अहिले तनहुँ प्रहरी कार्यालयमा रहेको प्रहरीले जनाएको छ।

१५ फागुन, २०७८, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।