फिल्म चलाउने स्वार्थमा पलको पक्षमा उभिइन् पूजा

फिल्म चलाउने स्वार्थमा पलको पक्षमा उभिइन् पूजा

काठमाडौँ : नायिका तथा फिल्म निर्माता पूजा शर्मा नाबालिगलाई बलात्कार गरेको जाहेरीपछि फरार भएका अभिनेता पल शाहको पक्षमा उभिएकी छिन्।

तीनदिन देखि पल फरार छन्। नाबालिग गायिकाले तनहुँ पुगेर बलात्कारको जाहेरी दिएपछि पनि चलचित्र क्षेत्रका कलाकार उल्टो आरोपीको पक्षमा उभिँदै पैरवी गरिरहेका छन्। त्यसैको लाइनमा आइपुगिन् अभिनेत्री पूजा।

शुक्रवार उनले पल र पूजा एक अर्काको पिल्लर भएको दाबी गर्दै पल-पुजा एक भएसम्म कसैले केही गर्न नसक्ने दाबी गरिन्। 'म यस्तो गीत गाउँछु-२' शुक्रबाटबाट रिलिज भएपछि उनी हलको अनुगमन गर्न हिँडेकी थिइन्।

टिसर्टमा पलको तस्बिर प्रिन्ट गरेर लगाएकी शर्मा पुरै पलको पक्षमा लागिन्। ' उ यो एक वर्ष कसरी बाँच्यो मलाई थाहा छ। पललाई कसैले केही गर्न सक्दैन।'

पलको पक्षमा उभिएकी उनमा पलमाथि यति गम्भीर आरोप लाग्दा दर्शक हलमा नआउलान् कि भन्ने डर बढी देखिएको थियो। बुधवारको प्रिमियरमा जब मिठाई खान लाग्यो ढुङ्गा पर्छ भन्दै रोएकी थिइन् शर्मा।

अहिले पलको पक्षमा माहौल बनाउने प्रयास भइरहेको छ। प्रहरीलाई अनुसन्धानमा सघाउनुको साटो भागेर पल आफ्ना निकट मार्फत योजना बनाएर गलत जाहेरी दिएको भन्दै फ्यानहरूलाई कन्भिन्स गर्ने प्रयासमा लागेको देखिन्छ। त्यसमा पूजा पनि सहभागी देखिइन्।

पलले सार्वजनिक गरेको अडियोमा रहेका उनको म्यानेजर कृष्ण जोशीले आफूसहितको टिमले पलको हत्यासम्मको योजना बनाएको दाबी गर्दै अन्तर्वार्ता दिएका छन्।

जोशी पछिल्लो समय नाबालिग गायिका विरुद्ध मिडियामा लेखाउन सक्रिय थिए। शुक्रवार सार्वजनिक अन्तर्वार्तामा उनले दुर्गेशसहित आफू समेत सहभागी भएर सिद्ध्याइदिने योजना बनाएकोसम्म दाबी गरे। उनको दाबीको आधारमा प्रहरीले चाहेमा हत्या प्रयासमा छानबिन गर्न सक्छ।

फिल्ममा पललाई प्रहरीले समात्ने दृश्य छ। त्यसलाई क्यास गर्न पनि छाडेनन् निर्देशक सुदर्शन थापा र पुजाले। एकातिर पल नहुँदा खल्लो भएको दाबी गर्ने पूजा भन्दै थिइन्' फिल्मको स्टोरी पनि मिलेको छ। ताजा कथा जस्तै लाग्न सक्छ।'

१३ फागुन, २०७८, १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।