काठमाडौँ : जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अभिनेता पल शाहलाई पक्राउ गर्न सबै सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर भएको छ।
उकेरा न्युज
जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरिएको हो। सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन बताई हाल काठमाडौँ म.न.पा. नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह) उल्लेख छ।
सर्कुलरमा 'गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७" भएको मध्यम शरीर' उल्लेख गर्दै निजलाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ पठाउन आग्रह गरिएको छ।
२०७८ फागुन ११ गते १९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।