मलायालम फिल्ममा स्वस्तिमाको आइटम नम्बर, कोठी बन्यो द्वारिका होटल

मलायालम फिल्ममा स्वस्तिमाको आइटम नम्बर, कोठी बन्यो द्वारिका होटल

काठमाडौँ : अभिनेत्री स्वस्तिमा खड्काको आइटम नम्बर रहेको भारतीय मलायालम फिल्म 'थिरिमली' गीत सार्वजनिक भएको छ।

काठमाडौँको होटल द्वारिकामा छायाङ्कन गरिएको फिल्मको गीतमा रेड ड्रेसमा स्वस्तिमाले इरोटिक मुभसहितको नृत्य देख्न सकिन्छ।

छायाङ्कनको भाव अनुसार फिल्ममा होटल द्वारिकाको परिसरलाई कोठीमा रूपान्तरण गरिएको छ। कोठीमा युवती खोज्दै आएका ग्राहकलाई मनोरञ्जन दिन खड्काले इरोटिक भावभङ्गी मिसिएको आइटम गीतमा नृत्य गरेकी छिन्।

नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढेसँगै पछिल्लो समय नेपालमा सुटिङ गर्ने र नेपाली कलाकारलाई अभिनय गराउने क्रम समेत बढेको छ। यस अगाडि बिराज भट्ट लगायतकाहरुले भोजपुरी फिल्ममा अभिनय गरेका थिए। पछिल्लो समय भने दक्षिण भारतीय फिल्ममा नेपाली कलाकार आबद्ध हुने क्रम बढेको छ।

राजीव सेट्टीको निर्देशनमा बनेको 'थिरिमली' मा नेपाली अभिनेत्री खड्कासँगै नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङले समेत अभिनय गरेका छन्।

एस के लरेन्सको निर्माण रहेको फिल्मलाई निर्देशक राजीव र जेभियर एलेक्सले लेखेका हुन्। एडभेन्चरस कमेडी जनरामा बनेको फिल्ममा विपिन जर्ज, धर्मजन बोलगाटी, जोनी एन्थोनी, सलिम कुमार लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

नेपालीको तुलनामा मलायालम टेक्निकल्ली टेक्स्ट लेभल

केही समय अगाडि अभिनेत्री स्वस्तिमाले सञ्जय सिलवाल गुप्तासँग कुरा गर्दै मलायालम फिल्ममा अभिनय गर्दाको अनुभव सुनाएकी थिइनन्।

तीन दिनको सेड्युलमा काम गरेको। त्यति ठुलो इन्डस्ट्री भए पनि उनीहरूसँग काम गर्दा टेक्निकल्ली धेरै राम्रो रहेको। उनीहरूको टेक्निसियनहरु नै अर्को लेभलको रहेको। तीन दिन काम गर्दा अर्कै अनुभव भएको बताएकी थिइन्।

नेपालमा काम गर्दा धेरै एक्सक्युज गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा हजार सट दिनुपर्ने उनीहरूले एकै सटमा लिने गरेको अनुभव बताइन्।

'उनीहरू काममा धेरै सिरियस। जस्तोसुकै कठिन सट पनि एकै पटक ओके गर्ने। टेक बिगारेर दोस्रो सट दिँदा लाज लाग्यो। नेपालमा त यस्तो सट हजार चोटि दिनुपर्छ। त्यसमा पनि कम्प्लेन पनि गर्न हुन्न। टेक्निकल्ली समस्या भइहाल्छन् नि भनिदिन्छन्।'

९ माघ, २०७८, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।