एसईई वैशाखमा, १२ को परीक्षा जेठमा गर्ने बोर्डको तयारी

एसईई वैशाखमा, १२ को परीक्षा जेठमा गर्ने बोर्डको तयारी

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई ०७९ को वैशाखमा गर्ने तयारी थालेको छ। कोरोना सङ्क्रमणका कारण यस वर्ष परीक्षा प्रभावित हुने देखिएकाले वैशाखमा सञ्चालन गर्ने बोर्डले तयारी थालेको हो।  

यस्तै एसईईलगत्तै जेठ महिनामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने पनि बोर्डको तयारी रहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले दुवै परीक्षा वैशाख र जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको र तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह समेत गरेका छन्।

यस्तै यो वर्षको सुरुआतमा पनि कोरोना महामारी र लकडाउन भएको अवस्थामा कोर्ष नसकिने भएकाले चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने बोर्डले तयारी गरेको हो।

केही दिनभित्रै परीक्षा तालिका पनि सार्वजनिक गर्ने बोर्डले तयारी थालेको छ।

९ माघ, २०७८, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।