सङ्गीतकार न्ह्युले सारेगामापा प्रतियोगी कृपालाई सोधे' मेरो गीत गाउँछौँ ?'

सङ्गीतकार न्ह्युले सारेगामापा प्रतियोगी कृपालाई सोधे' मेरो गीत गाउँछौँ ?'

शनिवार प्रसारण भएको कार्यक्रममा उनले जज र ग्यान्ड जुरीसँगै गेस्टबाट पनि राम्रो प्रशंसा पाइन। तर सारेगामापाको मञ्चमा शनिवारकै प्रस्तुति अन्तिम भो उनका लागि। अभिज्ञा घिमिरे र अरुण सुनारसँगै उनी बटम थ्रीमा परिन्। २ उम्किए भोटको आधारमा उनी उम्कन सकिनन्। तर टप ६ सम्म पुग्दा उनले आफ्नो पहिचान भने बनाइसकेकी छिन्।

कृपाको बबाल प्रस्तुति
अब प्रतियोगितामा बाकी भए अभिज्ञा, अरुण, कृपा पौडेल, आदित्य विश्वकर्मा र रोशा फुयाँल। यी पाँचबाटै सारेगामापा लिटिल च्याम्प्सको पहिलो सिजनको प्रतियोगी चुनिनेछन्।

पाँचै जनाको गला र कला बलियो छ।  कसले कतिखेर दर्शक/श्रोताको मन जितेर भोट पाउँछन् भन्न गाह्रो छ। आदित्य र अरुणको प्रतिस्पर्धा घनघोर छ। सिजनको प्रारम्भिक चरणमा अरुण अघि थिए। अहिले आदित्य अघि लागे। आदित्य बटममा पर्न छाडिसके। अरुण परिरहेका छन्।

टप पाँचका तीन गायिकाबिच पनि उस्तै टक्कर छ। अलि निकट प्रतिस्पर्धा देखिन्छ कृपा र रोशाको। पहिला कृपा अगाडि थिइन् रोशा पछिपछि। पछिल्ला एपिसोडका प्रस्तुतिपछि रोशा अगाडि लम्किइन्।
तर शनिवारको एपिसोडमा कृपाले 'धरती यो गगन' बोलको गीत गाएर मैदानमा छक्का नै हानिन्।

ग्रान्ड जुरी/जज अनि गेस्ट सन्दीप क्षेत्री नतमस्तक भए उनको प्रस्तुतिमा। क्लासिकल टोनले सबलाई फिदा बनाइन। सक्कली गायिका कुन्ती मोक्तानले सुनिन् भने पनि पक्कै प्रशंसा गर्नेछिन्।

यही प्रस्तुतिबाट प्रतियोगीले आस गर्ने सङ्गीतकार न्ह्यु बज्राचार्यबाट गीत गाउने प्रस्ताव पाइन् कृपाले। बज्राचार्यले ' कृपा मेरो गीत गाउँछौ?' भनेर सोधेनन् मात्र आफ्ना धेरै गीत कृपाले गाउने घोषणा नि गरिदिए। 

८ माघ, २०७८, ००:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।