बहुप्रतीक्षित फिल्म 'आरआरआर'को रिलिज डेट १८ मार्च

बहुप्रतीक्षित फिल्म 'आरआरआर'को रिलिज डेट १८ मार्च

एजेन्सीः निकै प्रतीक्षा गरिएको चलचित्र आरआरआर जनवरी ७ मा रिलिज हुने तय भएको थियो। तर भारतमा बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भारत सरकारले सिनेमा घर बन्द गर्ने निर्णय गरेपछि चलचित्रको प्रदर्शन अनिश्चित बन्यो।

आज भने चलचित्र युनिटले आधिकारिक रिलिज डेट सार्वजनिक गरेको छ। जसअनुसार यही आउँदो १८ मार्चमा प्रदर्शन गर्ने युनिटको तयारी छ। तर त्यतिञ्जेल सङ्क्रमण दरमा कमी नआए पुनः एक महिनापछिको मितिमा रिलिज गर्ने तयारी भएको छ। 

सो मितिमा चलचित्र रिलिज गर्न नसकिएको खण्डमा २८ अप्रिलमा रिलिज गर्ने तयारी थालिएको छ। आज एक सूचना जारी गर्दै चलचित्रको दुई वटा रिलिज मिति टुङ्गो लगाइएको हो। 

७ माघ, २०७८, २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।