२२ वर्षदेखि निरन्तर सहयोग गरिरहेका अस्ट्रेलियन बाजे ‘ग्राएम केन्ट’

२२ वर्षदेखि निरन्तर सहयोग गरिरहेका अस्ट्रेलियन बाजे ‘ग्राएम केन्ट’

मेलबर्न : सेताम्ये जुंगा र लामो दारी भएका एकजना अस्ट्रेलियनलाई नेपालीले भेट्यो कि त ‘नमस्ते बाजे’ भन्दै अंकमाल गर्छन्। उनी पनि नेपालीलाई नाती, नातिनी भन्दै अंकमाल गर्दै टाउकोमा चुमिदिन्छन्।

विगत २२ वर्षदेखि निरन्तर रूपमा नेपालका विभिन्न भू–भागमा विभिन्न परियोजनामार्फत सहयोग गर्दै आउने सबै नेपालीका साझा बाजे हुन् ग्राएम केन्ट।

७२० भन्दा बढि स्वयंसेवक परिचालन गरी २५८ भन्दा बढि परियोजनाका लागि केन्टले नेपालमा २ लाख ५८ हजार डलर खर्च गरिसकेका छन्। यसका लागि उनले नेपालका ६० समुदाय तथा नेपाल र अस्ट्रेलियाका गरी ८७ भन्दा बढि साझेदार संस्थाहरूमार्फत काम गरिरहेका छन्।

ग्राएम भावी योजना बनाउँछन् र साझेदारी व्यक्ति वा संस्था खोज्छन्। ज्याक रोपर रिजर्भमा आयोजना गरिएको कार्यक्रमबाट प्राप्त रकम पोखराको गुरुङ गाउँको आमा समूहको लागि आवश्यक  आधारभूत संरचना निर्माणको लागि जग निर्माण कार्यको लागि उपयोग गरिनेछ।

कार्यक्रममा नेपालमा सन्चालन गरिएका विभिन्न परियोजनाका झलक दर्साउने गरी फोटो प्रदर्शन गरिएको थियो भने विभिन्न व्यक्तिले घरबाट खानाहरू तयार गरेका थिए।

२६ मंसिर, २०७९, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।