इरानी राष्ट्रपतिको मृत्युबारे बोल्यो हमास

इरानी राष्ट्रपतिको मृत्युबारे बोल्यो हमास
इब्राहिम रायसी

एजेन्सी : हमासले इरानी राष्ट्रपति इब्राहिम रायसीको मृत्युको आधिकारिक विज्ञप्ति जारी गरेको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी, इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी इरानको दुखद र कठिन परिस्थितिमा साथ छौँ। दुर्घटनामा इरानको हितका लागि लामो लडाइँ लडेका र हाम्रो लडाइँलाई पूर्ण समर्थन गरेका नेताहरूको ज्यान गएको छ।’

यहूदीहरूको अत्याचार विरुद्ध प्यालेस्टाइन र प्यालेस्टाइनीहरूको लागि लड्न इरानी राष्ट्रपतिले आफूहरूलाई सधैँ समर्थन गरेको उनीहरूले बताए।

इरानका राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लायान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती लगायतकाहरूको को हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

जेठ ७, २०८१ सोमबार १३:४७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।