नामिबियाविरुद्धको खेलमा नेपालले बलिङ्ग रोज्यो, करणको ठाउँमा सोमपाललाई ल्याइयो

नामिबियाविरुद्धको खेलमा नेपालले बलिङ्ग रोज्यो, करणको ठाउँमा सोमपाललाई ल्याइयो

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नामिबियामा जारी त्रिदेशीय श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले बलिङ्ग रोजेको छ। खेल पौने २ बजे सु हुनेछ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङ्ग रोजेका हुन्। यसैबीच आजको खेलमा सोमपाल कामीलाई भित्र्याएर करण केसीलाई आराम दिइएको छ।

आजको खेलमा कप्तान पौडेलसँगै दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी खेल्नेछन्। यस्तै बेन्चमा करण केसी, हरिशंकर साह र नन्दन यादव छन्।

यसअघिको पहिलो खेल वर्षाका कारण रद्द भएको नेपालले नामिबियासँग अंक बाँडेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो।

नेपाल २२ खेलमा १८ अंक जोडेर अंकतालिकाको छैटौं स्थानमा रहँदा २९ खेलमा ३५ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ। पहिलो स्थानमा स्कटल्याण्ड र दोस्रो स्थानमा ओमान छन्।

२१ मंसिर, २०७९, १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।