मलेसियाका राजाको सगरमाथा हेर्ने चाहना

मलेसियाका राजाको सगरमाथा हेर्ने चाहना

क्वालालम्पुर : मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले सगरमाथा हेर्न चाहन व्यक्त गरेका छन्।

बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा उनले यस्तो चाहना व्यक्त गरेका हुन्।

समारोहमा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा दिएपछि अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताएका हुन्।

राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा बधाई दिएका थिए। प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुरा गरेका थिए।

सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको थियो।

१५ मंसिर, २०७९, १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।