कपिलवस्तु–२ मा कांग्रेसका आचार्य सांसद निर्वाचित

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य सांसद निर्वाचित

काठमाडौं: कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।आचार्यले एमालेका वृजेशकुमार गुप्तालाई पराजित गरेका हुन्।

आचार्यले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा गुप्ताले ३८ हजार ६९७ मत पाए।

यस्तै कपिलवस्तु–२ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन्। उनी ८९१ मतान्तरले निर्वाचित भएका हुन्।

पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका धर्मबहादुरलाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरे।

१० मंसिर, २०७९, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।