बाजुरा प्रदेश सभा (ख) मा कांग्रेसका शाही विजयी

बाजुरा प्रदेश सभा (ख) मा कांग्रेसका शाही विजयी

काठमाडौं: बाजुराको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार ११९ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार शाहीले थापालाई दुई हजार ५९८ मतले पराजित गरेका हुन्। सो निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता रहेकोमा ३८ हजार ७९५ मत खसेको थियो।

यस्तै प्रदेश सभा (क) को मतपरिणाम सार्वजनिक भइसकेको छ। (क) मा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले एमालेका उम्मेदवार बलदेव रेग्मीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन्।

प्रतिनिधि सभा सदस्यको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

मंसिर १८, २०७९ आइतबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।