युएईमा भएका नेपालीलाई खुसीकाे खबर, डिसेम्बरमा १ देखि ४ तारिखसम्म तलबी बिदा

युएईमा भएका नेपालीलाई खुसीकाे खबर, डिसेम्बरमा १ देखि ४ तारिखसम्म तलबी बिदा

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई)मा रहने नेपालीकाे लागि खुसीकाे खबर छ।

त्यहाँको मानव संशाधन तथा इमिरेट्स मन्त्रालयले ५१औं राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर १ देखि ३ तारिखसम्म सार्वजनिक बिदा दिने पुष्टि गरेको हो। यो बिदामा निजी क्षेत्रका कर्मचारीहरूको तलब काट्न नपाइने मन्त्रालयले जनाएको छ।

१ डिसेम्बर बिहीबार हो भने ४ डिसेम्बर आइतबार। यसरी हेर्दा त्यहाँका कर्मचारीले चार दिन सार्वजनिक बिदा पाउनेछन्। कर्मचारीहरू नियमित काममा ५ तारिख अर्थात सोमबार मात्र फर्कन पर्नेछ।

२ मंसिर, २०७९, २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।