निर्वाचन पर्यवेक्षणका लागि दुई देशकाे टोली काठमाडौंमा; भारतसहित तीन देशका प्रमुख निर्वाचन आयुक्त आज आउने

निर्वाचन पर्यवेक्षणका लागि दुई देशकाे टोली काठमाडौंमा;  भारतसहित तीन देशका प्रमुख निर्वाचन आयुक्त आज आउने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि दक्षिण कोरिया र माल्दिभ्सको टोली काठमाडौं आइपुगेको छ।

दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा माल्दिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि आएका हुन्।

बिहीबार निर्वाचन आयोगका तर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उनीहरूलाई स्वागत गरेका थिए।

निर्वाचन पर्यवेक्षणका लागि शुक्रबार भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोलीहरू पनि आउँदैछन्।

२ मंसिर, २०७९, १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।