विश्वकप क्रिकेट : आयरल्याण्डको पहिलो जित, स्कटल्याण्ड ४ विकेटले स्तब्ध

विश्वकप क्रिकेट : आयरल्याण्डको पहिलो जित, स्कटल्याण्ड ४ विकेटले स्तब्ध

काठमाडौं : आयरल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ।

बुधबार भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै आयरल्याण्डले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ।

स्कटल्याण्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ६ बल अगाबै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

आयरल्याण्डका लागि कुर्टिस क्यामफेरले ३२ बलमा ७ चौका र २ छक्काको मद्दतले ७२ रनको अर्धशतकीय पारी खेले। जर्जि डोकरिलले अविजित ३९ रन बनाए। लुर्कन टुकरले २० रन जोड्दा कप्तान एन्डी बालबर्नी र ह्यारी टेक्टरले समान १४–१४ रन बनाए।

स्कटल्याण्डका लागि ब्राड होएल,मार्क वाट,मिचेल लिग्स र सफियान सरिफले समान १–१ विकेट लिए।

त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो। स्कटल्याण्डका लागि मिचेल जोन्सले ५५ बलमा ८६ रन बनाए।

जोन्सले ८६ रनको अर्धशतकीय ईनिङमा उनले ६ चौका र ४ छक्का प्रहार गरे। कप्तान रिचि बेरिङ्टनले ३७ रन बनाउँदा म्याथ्यु क्रसले २८ रन बनाए। मिचेल लेग्सले अविजित १७ रन जोडे।

आयरल्याण्डका लागि कुर्टिस क्यामफेरले २ तथा जोस लिटिल र मार्क अडिरले समान १–१ विकेट लिए।

जितसँगै आयरल्याण्ड २ खेलमा २ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ। स्कटल्याण्ड भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

२ कात्तिक, २०७९, १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।