नयाँ ब्रोकरका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

नयाँ ब्रोकरका लागि धितोपत्र बोर्डले माग्यो आवेदन

काठमाडौंः नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ।

बोर्डले आइतबार सार्वजनिक सूचना निकालेर ३० दिनभित्र अनुमतिपत्रका लागि बोर्डमा आवेदन निन आह्वान गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ।

२ असोज, २०७९, ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।