सोमबार देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

सोमबार देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौंः नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने भएको छ।

बिहीबार बसेको कार्यसमिति बैठकले सोमबार सांकेतिक रूपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको संघका महासचिव नरेन्द्र महर्जनले जानकार दिए।

प्रदर्शकहरूलाई चौतर्फी आक्रमण भएको र संस्थाका सदस्यहरूको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोमा विरोध जनाउँदै हल बन्द गर्ने निर्णय गरेको महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२३ भदौ, २०७९, १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।