जापानमा एकैदिन दुई लाख ५५ हजारमा कोरोना संक्रमण पुष्टि

जापानमा एकैदिन दुई लाख ५५ हजारमा कोरोना संक्रमण पुष्टि

एजेन्सी : जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड –१९ को संक्रमण भएको छ।

यो संख्या हाल सम्मकै उच्च हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएको थियो।

कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहीबार २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिए।

यसैबीच, बिहीबार सिंगापुरमा तीन हजार पाँच सय ५३ नयाँ संक्रमित थपिँदा कुल संक्रमितको संख्या  १८ लाख नौ हजार दुई सय २१ पुगेको छ। त्यहाँ थप पाँच जनाको मृत्यु भएको छ।

२ भदौ, २०७९, २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।