कांग्रेस बैठक :  सात मध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा उभिए

कांग्रेस बैठक :  सात मध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा उभिए

काठमाडौँ : शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन्। 

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्।

सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन्। तर, उनी गठबन्धनका पक्षमा छैनन्। लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए। प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।

कर्णालीका सभापति शाहीले माओवादीले दुःख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन्। केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको भनाइ छ। 

प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन्। यस्तै प्रदेश १ का उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धनको पक्षमा उभिएमा छन्।

उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तारुढ दलबीच गठबन्धन हुनुपर्ने धारणा राखेका छन्। 
 

११ चैत, २०७८, २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।