राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको उनको भनाइ छ।

आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ। बैठक बिहीबारसम्म चल्ने राप्रपाले जनाएको छ।

१८ फागुन, २०७८, १०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।