काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश महिला सदस्यमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन्। उनले २ हजार ४२२ मत ल्याइन।
१४औँ कांग्रेस महाधिवेशन
प्रतिस्पर्धी चन्द्रा देवी जोशीले १ हजार ७६३ र रमिता शाही देउवाले ४०३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
यस्तै केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश खुला २ पदमा डा.रण बहादुर रावल र यज्ञराज जोशी निर्वाचित भएका छन्।
रावल २ हजार ६६९ र जोशी २ हजार ४४ मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
४ हजार ६७७ मत खसेकोमा भरत बहादुर खड्काले १ हजार ८०६, दिवान सिंह विष्टले १ हजार ७१२, पुष्कर राज ओझाले ४५० र गणेश राज भट्टले ४२२ मत पाएका निर्वाचन समितिले जनाएको छ। ३१ मत बदर भएको छ।
२०७८ पुष ०६ गते २०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।