यी १५ जनाले सुरक्षित गरे कांग्रेस केन्द्रीय सदस्य,  ३५ बाहिर नजान सङ्घर्ष गर्दै लामा

यी १५ जनाले सुरक्षित गरे कांग्रेस केन्द्रीय सदस्य,  ३५ बाहिर नजान सङ्घर्ष गर्दै लामा

काठमाडौँ : नेपाली कांग्रेसको ३५ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणना करिब तीन हजार नजिक पुग्दा १५ जनाले निरन्तर अग्रता लिइरहेका छन्। १० जना भने ३५ भित्र अटाउने सङ्घर्षमा छन्।

करिब १६ सय मत गन्न बाँकी हुँदा १५ जना उम्मेदवार भने केन्द्रीय सदस्यमा निर्वाचित हुने पक्कापक्की देखिन्छ।केन्द्रीय निर्वाचन समितिका अनुसार २९९३ मत गन्दा सबैभन्दा अगाडि निवर्तमान महामन्त्री शशाङ्क कोइराला नै छन्। उनी प्रारम्भिक मतगणनाबाटै पहिलो नम्बरमा छन्। शशाङ्क संस्थापन र संस्थापनइतर दुवै समूहमा परेका थिए।

दोस्रो नम्बरमा संस्थापन समूहका एनपी साउद छन् भने तेस्रो नम्बरमा पनि संस्थापनकै बालकृष्ण खाँण छन्। महामन्त्रीका दाबेदार रहेका खाँण पछि केन्द्रीय सदस्यमा मात्रै उम्मेदवार बनेका थिए। पाँचौँ नम्बरमा उदयशमशेर राणा छन्।  

उता सञ्चारकर्म छाडेर राजनीतिमा लागेका अजयबाबु शिवाकोटी, बलियो आपराधिक पृष्ठभूमिको बलमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका गणेश लामा, युवा नेता मनोजमणि आचार्य लगायतका १० जना उम्मेदवारहरू भने ४५ भित्र पर्न सङ्घर्षरत छन्।

लामा देउवा समूहका उम्मेदवार हुन् भने शिवाकोटी र आचार्य शेखर कोइरालाको प्यानलका उम्मेदवार हुन्।

केन्द्रीय सदस्यमा निर्वाचित हुने सम्भावना रहेका टप १५ जना

१. शशाङ्क कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाँण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शङ्कर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. ननसिंह महर १५७१
१५. सुनिलबहादुर थापा-१५६६

३५ भित्रै अटाउन सङ्घर्षरत १० जना

३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००
३६. मनोजमणि आचार्य- १०५५
३७. वीरेन्द्रकुमार कनौडिया-१०४५
३८. मङ्गलप्रसाद थारु- १०२४
३९. केदार कार्की- १०२६
४०. शम्भुलाल श्रेष्ठ- ९४९

४ पुस, २०७८, १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।