डान्स च्याम्पियन हो कि कमेडी च्याम्पियन !

डान्स च्याम्पियन हो कि कमेडी च्याम्पियन !

काठमाडौँ : नाम डान्स च्याम्पियन। तर कार्यक्रमका एंकरदेखि जजसम्म कमेडी नै गर्ने। फुलन्देकी आमा त भइहाले दोस्रो प्रस्तोता पनि मिमिक्रीतिर लागे अब।

राम्रो कमेडिका लागि त कमेडी च्याम्पियन थियो नि। फुलन्देकी आमाका कारण मुन्द्रेको कमेडी क्लब बन्द भयो। कमेडी नै गर्नु थियो भने डान्सको रियालिटी शोमा किन आएको होला !

अब डान्सको कार्यक्रम कमेडिको बलमा चलाउन खोजेपछि हुन्छ के। टप ३० छनौटको चरणसम्म पुग्दा पनि कार्यक्रम त्यति जम्न सकेको छैन। कारण त्यही देखिन्छ।

कार्यक्रम निर्माण टोली कार्यक्रम प्रस्तोतादेखि जजको छनौटसम्म चुकेको देखिन्छ। कार्यक्रमको फर्म्याट अनुसारको स्टेज समेत बनाउन सकेको देखिएन।

अब  शुक्रवार बेलुका प्रसारण भएको कार्यक्रममा जज र सहभागीबारे केही लेखौँ है त। कार्यक्रमको पहिलो प्रतियोगी आए अविनाश। उनी भारतको डान्स रियालिटी शो डान्स प्लसमा समेत सहभागी भएका थिए।

उनले निरुता आफ्नो चाइल्डहुड क्रस भएको बताउँदा निरुता मक्ख हुने नै भइन्। तर समस्या उही। कपीराइट इस्युले बिट रिप्लेस। अन्य प्रस्तुतिमा पनि यही समस्या देखिए। प्राय सबै रियालिटीमा अहिले यही कपीराइटको समस्या देखिएको छ। यो भनेको निर्माण टिमको ठुलो कमजोरी हो। पूर्व तयारीको अभाव हो। किनकि यी कार्यक्रम लाइभ हैनन् रेकर्डेड हुन्। यो बिचमा कपिराइटको अनुमति त लिन सकिन्छ नि।

समूहमा प्रस्तुति गर्ने उनी एकल प्रस्तुतिमा आएर नि टप ३० मा छानिए।  अन्डरग्राउन्ड डान्सर सिद्धार्थको प्रस्तुति पनि मन पराए जजहरूले। तर स्ट्यान्ड बाई राखे पछि छान्ने गरी।

प्रताप सुनार टिपिकल पोसाकसहित प्रस्तुति दिन आए। समस्या उहीँ सङ्गीतमा कपीराइट। साजन गुरुङको प्रस्तुति गजब थियो जजहरूले  उनलाई वैकल्पिकमा राख्ने भन्दा उनी निराश देखिएका थिए। तर सरप्राइज रहेछ। उनी टप ३० मा छानिए। रमन विकेको तोप प्रस्तुतिले टप ३० मा पुरायो।

फ्युचर क्रु सिधै छानियो। वैकल्पिकबाट डिओडि गोर्खा, विनेस एन्ड उषा, सुरज लिम्बू र प्रताप छानिए। अघिल्लो एपिसोड र योसँगै टप ३० पूरा भएका छन्। यी नै प्रतियोगीमध्येबाट डान्स च्याम्पियन छानिने छन्।

१८ मंसिर, २०७८, १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।