नवीन सुब्बा 'गाउँ आएको बाटो' बाट निर्देशनमा फर्किए

नवीन सुब्बा 'गाउँ आएको बाटो' बाट निर्देशनमा फर्किए

काठमाडौँ : ‘नुमाफुङ’ फिल्म बनाएका निर्देशक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्। पूर्वी पहाडमा रहेका राई समुदायको मौलिक कथामा बन्न लागेको चलचित्र ‘गाउँ आएको बाटो’ सुब्बाको दोस्रो फिल्म हो।

फिल्ममा दयाहाङ राई, पशुपति राई, पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचा अनुबन्धित भएका छन्।

फिल्म अमेरिकी सिनेमाटोग्राफर मार्सिन क्याप्रोनले खिच्दै छन् भने कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गर्दै छन्। सिनेमाको प्रमुख सह–निर्देशक राजेश विश्वकर्मा छन् भने सह–निर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन्। 

८ मंसिर, २०७८, २२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।