उकेरा जुनियर

सुशीलाको पुस्तक 'पानीमा रुझ्नु हुँदैन' प्रकाशित


काठमाडौँ : सुशीला प्रधानाङ्गको लेखन र सञ्जीप कँडेलको चित्राङ्कन रहेको 'पानीमा रुझ्नु हुँदैन' शीर्षकको चित्रकथा प्रकाशित भएको छ।

चित्र कथाले कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेर हुर्केका बालबालिकाको सोचाई, बुझाई र व्यवहार कति पृथक् हुन सक्छ भन्ने कुरालाई इङ्गित गरिएको छ।

'पानीमा रुझ्नु हुँदैन' शीर्षक चित्र कथाको प्रमुख पात्र हो ईश्वर। कथामा, ईश्वर विद्यालय जान पानी रोकिने प्रतीक्षामा हुन्छ तर पानी रोकिने छाँट हुँदैन। ईश्वरको आमा तुलसाले झ्यालबाट बाहिर हेर्दै भन्छिन्, 'एकै छिन पख् छोरा! पानी रहला जस्तो छैन। फेरि बाटामा पानी पर्‍यो भने रुझौला । पानीमा रुझ्नुहुन्न। बिरामी परिन्छ।'  

ईश्वरसँग पानी परेको बेला विद्यालय जान बर्सादी हुँदैन र आमाको बिग्रेको छाता ओढेर जाँदा साथीले जिस्काउँदा पनि नराम्रो नमानी बरु अरू साथीलाई पनि छातामा ओट दिन्छ।

यस पुस्तकमा बालबालिकालाई आफूसँग उपलब्ध भएको कुरालाई सदुपयोग गर्नुपर्छ भन्ने विषयवस्तु रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

यो पुस्तक तीन वा तीन वर्षभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षभन्दा माथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाल चित्र कथा 'एमिली र त्यो चिज' र 'एमिलीको खरायो'  नेपालीमा 

कथालय इन्कले दुवै चित्रकथालाई नेपाली भाषामा प्रकाशित गरेको हो। यी चित्र पुस्तकहरूको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्। यी बाल पुस्तकलाई होड्डर र स्टोङ्टन् (....

Dashain Then Vs Now

In the course of time, The way of celebrating dashain has altered. Before Dashain meant flying kites,family gatherings,eating meats,visiting relative and lots more but now....

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा

२०७२ सालयता काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’....

पुजारीको गोरु

आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन....

मूर्तिकार बाबुछोरा

बिस्तारै छोराका मूर्तिहरु पनि ५०० रुपैयाँसम्ममा विक्रि हुन थाले । तर छोरा अझै खुशि थिएन । बाबाले पनि छोराले बनाएको मूर्तिमा गल्तीहरु देखाईरहन्थ्यो । त्यसलाई....