बार एसोसिएसन परिसरमा अधिवक्ता भूमिनन्द चुडाल कुटिए

बार एसोसिएसन परिसरमा अधिवक्ता भूमिनन्द चुडाल कुटिए

काठमाडाैं  : नेपाल बार एसोसिएसनको परिसरमा दुई  अधिवक्ताविच कुटाकुट भएको छ।  अधिवक्ता भूमिनन्द चुडाल र विराट न्यौपानेविच बार एसाेसिएसन परिसरमा कुटाकुट भएको हो। 

चुडालले इजलास सुचारु हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए। त्यसपछि मिडियामा न्यायालयविरुद्ध बाेलेकाे र द्वन्द्वकालका मुद्दा हेरेकाे भन्दै उनलाई न्याैपानेले हातपात गरे।   

न्यौपानेले उनलाई बार परिसरबाट बाहिर निकाल्न खोजेका थिए। त्यहीक्रममा दुबैविच तानातान भएको थियो। दुबै परिसरभित्र आइपुगेपछि एक जना वकिलले दुबैजनालाई छुट्याउन खोजेका थिए। त्यहीक्रममा चुडाललाई न्यौपानेले झापड हाने। चुडालले उनलाई लात्तिले हाने।

लात्ति भेटेको रिसमा न्यौपानेले किक हान्दै चुडाललाई बार परिसरमा लखेटेका थिए।

'मेरो कोट च्यात्तिएको छ। बहस गर्न आएको थिएँ। अब म कानूनी प्रक्रियामा जान्छु', चुडालले भने।  

चुडालले २०६२ सालमा माओवादी पक्षको मुद्दा हेरेका थिए। ०६२ सालमा राज्यपक्षले ४ जना व्यक्तिहरू आतंककारी भएकाे भन्दै मुद्दा चलाएको थियो। त्यस मुद्दामा उनले विपक्षीको तर्फबाट बहस गरेका थिए।

१२ कात्तिक, २०७८, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।