मेस्सीकाे दुई गाेलकाे मद्दतमा पीएसजीकाे जीत, उक्लियाे शीर्ष स्थानमा

मेस्सीकाे दुई गाेलकाे मद्दतमा पीएसजीकाे जीत, उक्लियाे शीर्ष स्थानमा

पीएसजीका लागि स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल गरे। अर्काे गाेल केलियन एमबाप्पेले गरे। लेइपजीगका लागि आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक/एक गोल फर्काए पनि जीतका लागि पर्याप्त भएन।

जीतसँगै पीएसजी समूह 'ए' मा ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा पुगेकाे छ। यस्तै ६ अंकसहित म्यान्चेस्टर सिटीले पीएसजीलाई पछ्याइरहेकाे छ। लेइपजीग भने ३ खेलमा ३ हारसहित अंक तालिकाकाे पुछारमा रहेकाे छ। 

आज च्याम्पियन्स लिगमा बार्सिलाेना र डाइनामाे किभ भिड्दै छन्। खेल नेपाली समयअनुसार राति साढे १० बाट सुरु हुनेछ। 

३ कात्तिक, २०७८, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।