गाेरखा सेनाको भूमिकामा अक्षय कुमार

गाेरखा सेनाको भूमिकामा अक्षय कुमार

एजेन्सीः बलिउड अभिनेता अक्षय कुमार गाेरखा सेनाकाे भूमिकामा देखिने भएका छन्। पुरन सिंह चाैहानकाे निर्देशनमा बन्ने चलचित्रमा 'गाेरखा'मा अक्षय गाेरखा सेनाकाे भूमिकामा देखिने भएका हुन्।

चलचित्र भारतीय सेनाकाे गाेरखा रेजिमेन्ट ५औं गाेरखा राइफल्सका अफिसर मेजर जनरल इयान कार्डाेजाेकाे जीवनमा आधारित रहने बताइएकाे छ। ​​​इयान कार्डोजोले १९६२, १९६५ र विशेष रूपमा १९७१ काे भारत-पाकिस्तान युद्धमा लडाइँ लडेका थिए।

विजयादशमीका दिन चलचित्रकाे फर्स्ट लुक सार्वजनिक गरिएकाे थियाे। चलचित्रकाे फर्स्ट लुक शेयर गर्दै अक्षयले महान युद्ध नायक मेजर जनरल इयान कार्डाेजाेकाे जीवनमा आधारित चलिचत्रमा काम गर्न पाउँदा सम्मानित महसुस गरेकाे बताएका छन्। 

३० असोज, २०७८, ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।