अनु मलिकले इजरायलको राष्ट्रिय धुन चोरेको आरोप

अनु मलिकले इजरायलको राष्ट्रिय धुन चोरेको आरोप

जब टोकियो ओलम्पिकमा इजरायलका जिमनास्ट डोल्गोपयातले स्वर्ण पदक जितेपछि त्यहाँको राष्ट्रिय गीत बज्यो, त्यसलगत्तै सो धुन सुन्ने भारतीयहरु अनुमाथि खनिए। उनले सोही धुन चोरेर हिन्दी गीत 'मेरा मुल्क मेरा देश मेरा ये चमन' बोलको गीत बनाएको आरोप लाग्यो।

१९९६ मा रिलिज भएको हिन्दी फिल्म 'दिलजले' को सो गीत संगीतकार अनु मलिकले बनाएका थिए।

अनु मलिकलाई यसअघि पनि पटकपटक अर्काको धुन चोर्ने गरेको आरोप लाग्दै आएको थियो। अर्काको धुन कपी गरेको भन्दै अनुलाई गत वर्षको इन्डियन आइडलको जजबाट नै हटाइएको थियो।

१८ साउन, २०७८, १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।