चन्द्रागिरि सहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको धितो पत्र बोर्डको ठहर

चन्द्रागिरि सहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको धितो पत्र बोर्डको ठहर

काठमाडौंः नेपालको सेयर बजार उकासिइरहेको बेला नेपाल धितो पत्र बोर्डले ५१ वटा सूचिकृत कम्पनीहरूको सेयर मूल्यमा चलखेल भएको जनाएको छ। बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरूको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको हो।

चलखेल भएको देखिएका कम्पनीमा चन्द्रागिरि हिल्स समेत परेको छ। बोर्डबाट गरिएको अध्ययन र अनुगमनका क्रममा पाएका सूचिकृत कम्पनीहरुले समयमा सूचना जानकारी प्रवाह नगराएकोमा त्यस्ता कम्पनीहरूको कारोबार स्थगन हुने व्यवस्था समेत जनाएको छ। 

विगतको एक वर्ष अवधिमा सूचिकृत सङ्गठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अङ्कित मूल्यभन्दा प्रति शेयर नेटवर्क कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत सङ्गठित संस्थाहरू छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको हो।

सेयर बजारमा कानुन विपरीत ‘भित्री कारोबार’, तर छैन कारबाही

उक्त सूचिकृत सङ्गठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितो पत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

बोर्डका अनुसार उक्त कम्पनीहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितो पत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ।

सेयर चलखेल भएका कम्पनिको सूची 

१ असार, २०७८, १७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।