सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

सरकारले बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने 

काठमाडौँ : सरकारले बालबालिकाको विकासको लागी यस आर्थिक वर्ष देखि बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौड्यालले अध्यादेश मार्फत पेस गरेको आर्थिक वर्ष २०७८÷७९ को बजेटमा बाल प्रज्ञा प्रतिष्ठान स्थापना गरिने जनाएका हुन्। 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, खेलकुद एवम् मनोरञ्जनका अवसर प्रदान गरिने जनाएका हुन्। स्थानीय तहसँगको साझेदारीमा १५ स्थानमा बाल उद्यान तथा बाल मनोरञ्जन स्थान स्थापना गरिने अर्थमन्त्रीले जनाएका छन्। बालबालिकाको अन्तरनीहीत प्रतिभा प्रस्फुटन गराई बहु अयामीक विकास गर्न झापाको दमकमा गुणस्तरीयता शिक्षा सहितको ‘चिल्ड्रेन पाराडाइज स्थापना गरिने उनले बताए। 

१५ जेठ, २०७८, १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।