एएफसी कप फुटबल : श्रीलंका पुलिसलाई हराउँदै आर्मी दोस्रो चरणमा 

एएफसी कप फुटबल : श्रीलंका पुलिसलाई हराउँदै आर्मी दोस्रो चरणमा 

काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप–२०२१ प्लेअफको दोस्रो चरणमा पुगेको छ।

काठमाडौंको दशरथ रंगशालामा आज (बुधबार) सम्पन्न खेलमा आर्मीले श्रीलंकाको पुलिस स्पोटर्स क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो। 

खेलको पहिलो हाफमा २–१ गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्याे। 

आर्मीका लागि नवयुग श्रेष्ठले २ गोल गर्दा सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले १–१ गोल गरे। श्रीलंका पुलिसका लागि इभान्स असान्टेले १ गोल गरे। 

जितसँग दोस्रो चरणमा पुगेको आर्मीले यही अप्रिल १४ गते भारतको बैंगलुरु फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ। 

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मछिन्द्र क्लबको एएफसी क्लब लाइसेन्स नहुँदा लिगको उपविजेता आर्मीले प्रतियोगिता खेल्न पाएको हो। 

२५ चैत, २०७७, १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।