बुटवल : सरकार परिवर्तनको कसरत भएपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।
प्रदेश
सरकार परिवर्तनको कसरतपछि प्रदेशसभा अधिवेशन अन्त्य गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

सोमबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बैठकले मंगलबार रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। उनले बजेट अधिवेशनको तयारीका लागि अधिवेशन अन्त्य गर्न लागिएको दाबी गरे।
‘मंगलबार बस्ने प्रदेशसभाको बैठकबाट प्रदेश पूर्वाधार प्राधिकरण विधयेक पारित गरेर अधिवेशन अन्त्य हुने छ,’ उनले भने ‘अहिलेको अधिवेशन अन्त्य गरेर नीति कार्यक्रम र बजेटको लागि बजेट अधिवेशन छिट्टै सुरु गर्नुपर्ने छ।’
उनले प्रदेशसभा संचालनका लागि पर्याप्त विजनेस नभएकाले सातौं अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको बताए।
लुम्बिनीमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले सरकार परिवर्तनका लागि छलफलमा जुटेका छन्।
२०७७ चैत २४ गते ११:३९ मा प्रकाशित