‘कालिपुरुष’ मा वर्षा अनुबन्धित  

‘कालिपुरुष’ मा  वर्षा अनुबन्धित  

काठमाडौँ : अभिनेत्री वर्षा सिवाकोटी नयाँ चलचित्रमा अनुबन्धित भएकी छन्। उनले निर्देशक राघव आचार्यको नयाँ चलचित्र ‘कालिपुरुष’ साइन गरेकी हुन्। 

यो चलचित्रबाट रमेश बानियाँले अभिनेतामा डेब्यु गर्दैछन्। वर्षा र रमेशका अलवा अन्य कलाकारको छनोट भइरहेको निर्देशक आचार्यले बताए।

भारतमा बसेर निर्देशक आचार्यले केही वेब सिरिजमा काम गर्दै आएका थिए। यस चलचित्रलाई मानकृष्ण महर्जनले छायाङ्कन गर्ने पक्का भएको छ। चलचित्रमा बिना कार्कीको लगानी रहने छ। 

इभाना इन्टरटेनमेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो। यस चलचित्रको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ।

चलचित्रको छायाङ्कन धरानबाट सुरु हुने जानकारी नायिका सिवाकोटीले दिइन। 

सिवाकोटीले भनिन्,‘चलचित्रको कथा बस्तु र निर्माण टिम हेरेर मात्र काम गर्ने छु, जुन पायो त्यो चलचित्रमा काम गर्दिन।’

उनले कालिपुरुषको कथा बस्तु मन परेर नै अनुबन्धित भएको बताइन। वर्षाले एक महिना अघि मात्र ‘सुदूर’ चलचित्र छाडेकी थिइन्।

१२ फागुन, २०७७, ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।