‘दि भ्वाइस अफ नेपाल’बाट आस्था आउट, तृष्णा इन 

‘दि भ्वाइस अफ नेपाल’बाट आस्था आउट, तृष्णा इन 

आस्थाले व्यक्तिगत कारण देखाउँदै सो छाडेपछि उनको स्थानमा कोचका रूपमा गायिका तृष्णा गुरुङलाई भित्र्याइएको छ।

आस्थाले ‘दि भ्वाइस अफ नेपाल’ टिमको सहमतिमै सो छाडेको प्रतिक्रिया दिइन्। ‘मेरा केही कामहरू पेन्डिङ थिए। सोलाई निरन्तरता दिएपछि ती काम गर्न भ्याइने अवस्था थिएन। त्यसैले सो छाड्नुपर्याे,’ उनले कारण खुलाइन्। 

कोचका रूपमा सो छाडे पनि ‘गेस्ट जज’का रूपमा सहभागी हुने उनले बताइन्। 

आस्था अघिल्लो सिजनमा सोमा जोडिएकी थिइन्। 

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल पनि आस्थाको भनाइमा सहमत छन्। ‘आस्थाले ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ आपसी सहमतिमै छोड्नुभएको हो,’ उनले भने। 

आस्थाले ‘दि भ्वाइस अफ नेपाल’ सिजन ३ को नयाँ कोचका रूपमा तृष्णा नियुक्त भएपछि खुसी लागेको प्रतिक्रिया दिइन्। ‘मेरै सल्लाह अनुसार तृष्णालाई कोच बनाइएको हो,’ उनले भनिन्। 

अहिले उक्त सोको सिजन ३ को डिजिटल अडिसन चलिरहेको छ। सोको ब्लाइन्ड अडिसन एक महिनापछि सुरु हुने ‘दि भ्वाइस अफ नेपाल’ टिमले जनाएको छ। 

सोको कोचमा तृष्णासँगै दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल रहने छन्। कार्यक्रम हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ।

तस्बिर : प्रमोद खरेलको फेसबुकबाट। 

२९ पुस, २०७७, १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।