उपसभापतिमा संस्थापनइतर समूहको अग्रता 

उपसभापतिमा संस्थापनइतर समूहको अग्रता 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापति पदमा संस्थापनइतर समूहका उम्मेदवारले अग्रता लिएका छन्।

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा संस्थापनइतरका धनराज गुरुङ र चन्द्र भण्डारीले संस्थापन पक्षका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार भन्दा धेरै मत पाएका छन्। 

अहिलेसम्मकाे मत गणना अनुसार उपसभापतिमा गुरुङले ९६० र भण्डारीले ८७० मत पाएका छन्। संस्थापन पक्षका खड्काले ८४० र गच्छदारले ६६० मत ल्याएका छन्। 

उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले १८०,  महेश आचार्य १२३ र दिव्यश्वरी शाह ३५ मत पाएका छन्। 

२९ मंसिर, २०७८, २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।