धनराज भन्दा पूर्णबहादुर ३ मतले अगाडि 

धनराज भन्दा पूर्णबहादुर ३ मतले अगाडि 

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापति पदमा संस्थापन पक्षका पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।

कांग्रेस पार्टी कार्यालयमा ९ सय मतको गणना हुँदा खड्काले संस्थापनइतरका धनराज गुरुङ भन्दा ३ मत धेरै प्राप्त गरेर अग्रता लिएका हुन्। 

खड्काले ३९५ मत ल्याउँदा गुरुङले ३९२ मत प्राप्त गरेका छन्। यस्तै उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले ३५१ मत प्राप्त गरेका छन्। विजयकुमार गच्छदारले ३५५ मत ल्याएका छन्। 

२९ मंसिर, २०७८, २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।