प्रारम्भमै लिड गरे देउवाले, सय मत गन्दा देउवाको ५७

प्रारम्भमै लिड गरे देउवाले, सय मत गन्दा देउवाको ५७

काठमाडौँ : पहिलो सय मत गन्दा नै शेरबहादुर देउवाले सभापतिमा लिड गरेका छन्। उनको ५७ मत आएको छ भने शेखर कोइरालाको ४२ मत आएको छ।

राष्ट्रिय सभा गृहमा मत गणना भइरहेको छ। पहिलो चरणले नतिजा नदिएपछि दोस्रो चरणमा मतदान भएको थियो। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।

दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी  कल्याण गुरुङले समर्थन गरेका थिए। नेतृत्व परिवर्तन भन्दै उम्मेदवारी दिएकाले पुरानै नेतृतवलाई समर्थन गरेपछि उनीहरुको आलोचना भइरहेको छ।

 

२८ मंसिर, २०७८, ००:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।