शेखरको प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

शेखरको प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

काठमाडौँ : नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिए पनि गणना भने सुरु भएको छैन। निर्वाचन समितिले  १० बजेबाट गणना सुरु गर्ने जानकारी दिएको थियो।

मतदान सकिए लगत्तै सुरक्षाकर्मीले मत रहेको ट्याङ्की जम्मा गरेर सुरक्षा घेरामा राखेका छन्। मत गणनाका लागि सभापतिका उम्मेदवारी शेखर कोइरालाको प्रतिनिधि नआउँदा गणना ढिला भएको हो। शेरबहादुर देउवाको प्रतिनिधि भने आइसकेका छन्।

तीन वटा ट्याङकीलाई प्रहरीले २ वटा सुरक्षा घेरा बनाएर राखेको छ। दोस्रो चरणमा भएको मतदानमा ४५ सय ६४ मत खसेको छ। पहिलो चरणमा ४६ सय ८१ मत खसेको थियो।

२८ मंसिर, २०७८, २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।