सभापतिका उम्मेदवारको मुड : प्रकाशमान र विमलेन्द्र हँसिला, शेखर ढुक्क, शेरबहादुर ठुस्स

सभापतिका उम्मेदवारको मुड : प्रकाशमान र विमलेन्द्र हँसिला, शेखर ढुक्क, शेरबहादुर ठुस्स

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यतिबेला धमाधम मतदान भइरहेको छ। मतदान निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको थियो।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भर्खरै मतदान गरी बाहिरिएका छन् भने सभापतिका अन्य उम्मेदवारले मतदान गर्ने क्रम जारी छ।

मतदान सकेर आफ्ना समर्थकहरुलाई अभिवादन गर्दै मतदानस्थलबाट बाहिरिएका शेरबहादुर देउवा चुनाव जित्नेमा ढुक्क भने देखिएनन्। उनको अनुहार पनि मलिन नै देखिन्थ्यो।

देउवाको तुलनामा सभापतिका अन्य आकांक्षीको अनुहार भने उज्यालो नै देखिन्थ्यो। प्रकाशमान सिंह र विमलेन्द्र निधि हाँसी–हाँसी मतदातालाई नमस्कार गरिरहेका देखिन्थे भने शेखर कोइराला पनि चुनाव जित्नेमा कन्फिडेन्स नै देखिन्थे।

 

२७ मंसिर, २०७८, १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।